बंगलादेशमा चीनद्वारा निर्मित पानीमुनिको सुरुङ सञ्चालनमा (भिडिओ) – Nepal Press

बंगलादेशमा चीनद्वारा निर्मित पानीमुनिको सुरुङ सञ्चालनमा (भिडिओ)

काठमाडौं । दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ ।

शनिबारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चलनमा ल्याइएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गरिन् ।

बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदुत याओ वेन पनि सहभागी थिए । राजधानी ढाकाबाट करिव २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

यो दुई पक्षका जनता, व्यापार र पर्यटनका लागि ठूलो अवसर भएको बंगलादेश निवासीहरु बताउँछन् । यो चीन र बंगलादेशको लागि सहकार्य झनै बढाउने अवसर भएको स्थानीय आनन्द बरुआ बताउँछन् ।

सुरुङले प्रश्तावित एशियाली राजमार्गलाई ढाका-चट्टोग्राम-कक्सबजार राजमार्गसँग जोड्नेछ । चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय शहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउने छ ।

बंगलादेशमा चीनले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर