ओलीमाथि प्रहार र प्रतिगामी प्रलापको अन्तर्य – Nepal Press

ओलीमाथि प्रहार र प्रतिगामी प्रलापको अन्तर्य

मुलुकको राजनीतिबारे हुने टिकाटिप्पणीमा एउटा भनाई प्रायः छुट्दैन ‘यहाँ त नेता धेरै भए, थुप्रै भए, राजनेता कोही भएनन्, निस्किएनन्, जन्मिएनन् ।’ आखिर को हुन् त राजनेता ? अक्सफोर्ड डिक्स्नेरीका अनुसार क्षमतावान, अनुभवी र सम्मानित राजनीतिक नेता वा व्यक्तित्व नै राजनेता हो ।

त्यस्तै प्रज्ञा नेपाली वृहत शब्दकोषमा राजनेताको अर्थ यस्तो छ- ‘राष्ट्रियस्तरको राजनीतिक व्यक्तित्व राष्ट्रको नेता ठूलो राजनीतिज्ञा’ तर पनि राजनेता नभएको भाष्य निर्माण गर्न केही स्वनामधान्य बुद्धिजीविहरूको निरन्तर प्रयास जारी भएको देखिन्छ । जसले जनस्तरमा पनि यो भ्रम छर्न केही हदसम्म सफल भएको पाइन्छ । के नेपालमा राजनेता छैनन् ? के राजनेताको हैसियत बनाएका कुनै नेता छैनन् ?

आधुनिक नेपालको एकीकरणदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको शासनसत्ताको समयावधिलाई नियाल्ने हो भने प्रजातन्त्र पुनर्वहालीपछिका साढे तीन दशक र प्रजातन्त्र स्थापनापछिका करिब सात दशकमा पछाडि पर्केर हेर्ने हो भने राजनेताको रूपमा सम्झना गर्न लायक व्यक्ति निकै कम भेटिन्छन् । दिवंगत एकीकरणकर्ता पृथ्वीनारायण शाह, भीमसेन थापा, जंगबहादुर राणा, तत्कालीन राजा महेन्द्र, पूर्वप्रधानमन्त्री वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी नेपालको पहिलो कम्युनिष्ट निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, सर्वोच्च नेता गणेशमान सिंह र राजा वीरेन्द्रबाहेक इतिहासमा अरु राजा राणा वा प्रधानमन्त्रीले राजनेताको स्थान प्राप्त गरेको पाइँदैन ।

अहिले अर्को भाष्य निर्माण गरिँदैछ । त्यो भनेको सर्वस्वीकार्य अध्यक्ष ओलीलाई पार्टीभित्रै कमजोर भयो प्रदेश अधिवेशनलाई सिरानी राखेर कार्यकर्ताले भनेको मान्नै छाडे भन्ने । के एमालेका नेता-कार्यकर्ताले अध्यक्ष ओलीले भनेको मान्न छाडेर माओवादी अध्यक्ष प्रचण्ड वा कांग्रेस महामन्त्री गगन थापाको निर्देशन मान्छन् ? यस्तो दिग्भ्रमित पार्ने गोयवल्स शैली जारी छ । तर, एमालेमा न त केपी ओलीलाई चुनौती दिने कोही छ न त विकल्प नै केही छ ।

जीवित नेताहरूमध्ये राष्ट्रियता, देशभक्ति, समृद्धि र विकासवादी सोंच सिलसिलामा न्यायको तराजुमा राखेर भिमांश गर्दा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाहेक समकालीन राजनीतिमा कुनैपनि नेताले राजनेताको हैसियत बनाउन वा स्थापित हुन सकेका छैनन् । पार्टी प्रमुख वा प्रधानमन्त्री बनिसके पनि उनीहरू नेताको स्थानबाट माथि उक्लन सकेको देखिँदैन । राष्ट्रियता देशप्रेम विकासको मूल फुटाउने नेता साहसी स्वप्नद्रष्टा र प्रष्ट विचार नुतनपन केपी ओलीका विशेषता हुन् ।

केपी ओली पछिल्लोपटक प्रधानमन्त्री बनेका बेला देशलाई समाजवादसम्म पुर्‍याउने लक्ष्यका साथ समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकांक्षा उहाँले नै गन्तव्यका रूपमा अघि सार्नुभएको हो । जनबोलीमा समाजवादलाई समृद्ध नेपाल सुखी नेपाली भनिएको छ । राष्ट्रवादका अभिभारा पूरा गर्ने स्पष्ट नीतिका साथ यो राष्ट्रिय आकांक्षा पुरा गर्ने गन्तव्य निर्धारण गरिएको हो । राष्ट्रिय अभिभारा पूरा गर्न केपी ओलीको नेतृत्वमा नेकपा एमालेले अघि सारेको यो राष्ट्रिय अभियानलाई गन्तव्यमा मुलुकलाई पुर्‍याउन अपरिहार्य छ । देश र जनताको समृद्धिको लागि समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकांक्षा जनपक्षीय विचार राष्ट्रपक्षीय सोंच देशभक्तिपूर्ण विचार र विकास पक्षीय विचार हो ।

केपी ओलीको यो राष्ट्रिय आकांक्षा नेपाल र नेपालीको विकासका सन्दर्भमा कोसेढुंगा सावित हुनेछ । जब देश र जनताका पक्षमा विभिन्न अभियान सुरू गर्दै राजनेताको हैसियत केपी ओलीले बनाउनुभयो । जनस्तरबाट त्यो विश्वास प्राप्त गर्नुभयो । धेरै पटक मृत्युको मुखमा पुगेर मृत्युलाई जितेर जनता र देशको विकास र समृद्धिका लागि सबै प्रकारका जोखिम मोलेर अघि बढिरहेको नाम हो राजनेता केपी ओली समकालिन नेताहरूमध्ये योग्य सवल लोकप्रिय बालबालिकादेखि वृद्धसम्मको आशा भरोसा र आकर्षणको केन्द्र बन्नुभएको छ उहाँ । उहाँले आमनेपालीलाई अभिभावकत्व र संरक्षणत्व प्रदान गर्दै आउनुभएकोले पनि राजनेताको हैसियत बनाउनुभएको छ ।

चाहे नाकाबन्दीको बेला होस् वा भूकम्पले मूलुकलाई थिलोथिलो पारेको परिवेशमा होस चुच्चे नक्सा सार्वजानिक गर्ने विषय होस् वा चीनसँग पारवाहन सम्झौताको विषय होस् छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग देशसँग दशहितका लागि आँखामा आँखा जुधाएर कुरा राख्ने सवाल होस् वा अन्तर्राष्ट्रिय मञ्चमा दृढताका साथ नेपालका कुरा राख्ने सवाल होस् सुरुङमार्गको युगमा प्रवेश गराउने सन्दर्भ होस् वा निराश समाजमा आशाको दियो बाल्दै देशव्यापीरूपमा विकासको लहर सुरू गर्ने अभियान होस् जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन सबै पालिकामा एकैपटक अस्पतालको सुरूवात होस् वा पालिकामा पक्की सडक पुर्‍याउने अभियान होस् यो सबैले केपी ओलीको राष्ट्रवादी पहिचान विकासवादी सोच र जनपक्षीय कार्य र देशभक्तिपूर्ण दृढताले उहाँको छवि र कद मात्र उचाइमा पुर्‍याएन नेपालमै केही गर्न सकिन्छ नेपाल र नेपालीको भविष्य उज्जवल छ भन्ने जनतामा आशाको संचार फैलियो । यसले उहाँको राजनेताको हैसियतलाई थप पुष्टि गर्न पुग्यो ।

केपी ओली पछिल्लोपटक प्रधानमन्त्री बनेका बेला देशलाई समाजवादसम्म पुर्‍याउने लक्ष्यका साथ समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकांक्षा उहाँले नै गन्तव्यका रूपमा अघि सार्नुभएको हो । जनबोलीमा समाजवादलाई समृद्ध नेपाल सुखी नेपाली भनिएको छ । राष्ट्रवादका अभिभारा पूरा गर्ने स्पष्ट नीतिका साथ यो राष्ट्रिय आकांक्षा पुरा गर्ने गन्तव्य निर्धारण गरिएको हो ।

हो, यो कुरासँगै उहाँमाथि देशी र विदेशी शक्तिको निशानामा पर्नुभयो । र, चौतर्फी आक्रमण सुरु भयो । जब मुलुकले नायकको खोजी गरिरहेका बेला थियो केपी ओलीलाई मुलुकले पायो । यो सौभाग्यको विषय हो । तर नेपाल र नेपालीको हित नचिताउने संघीय गणतन्त्रलाई कमजोर बनाउने नेपालको विकास होइन विनाश भएको हेर्न चाहने देशी र विदेशी शक्ति उहाँमाथि नियोजित रूपमा प्रहार गरिरहेका छन् । त्यो शक्ति अहिले विभिन्न षड्यन्त्र छलछाम र भ्रम छरेर ओलीलाई कमजोर बदनाम गर्न उद्धृत छ ।

अहिले नेकपा एमाले र अध्यक्ष ओलीलाई कमजोर बनाउने मिसन नै चलिरहेको छ । एमालेजस्तो राष्ट्रवादी शक्ति र राजनेता ओलीलाई बदनाम गराउन नसके कमजोर वा शक्तिहिन बनाउन विभिन्न भाष्य निर्माण गर्ने षडयन्त्र भईरहेको छ । भ्रम छर्ने कार्य भईरहेको छ । एमाले र ओलीलाई कमजोर बनाउनु भनेको वा प्रहार गर्नु भनेको प्रकारान्तरले मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने नै हो । त्यस्तो शक्ति केपी ओलीले सुरु गरेको अग्रगामी राष्ट्रको यात्रालाई रोक्न खोजिरहेको छ । त्यो अभियानमा वर्तमान प्रधानमन्त्री प्रचण्डदेखि नेकपा एसका अध्यक्ष माधव नेपालहरू उपयोग हुँदै गोटी बन्न पुगेका छन् । जुन उदेक लाग्दो विषय हो ।

कुनैबेला थियो माओवादीहरूले जाउलाखेलमा रहेको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको महल भन्दै जनतामा भ्रम छर्ने काम गर्थे । त्यतिमात्रै होइन पार्टीभित्र पनि केही नेताले अनेक फण्डाहरु चलाउथे । केपी ओलीको मुखमात्रै चल्छ टाउकोमात्र चल्छ । टाउकोभन्दा अरु चल्दैन भन्दै उहाँलाई पार्टी काममा अल्छी संगठनमा कमजोर र अयोग्य छ भन्ने भाष्य निर्माण गर्न उद्दत थिए । तर, ओलीले ती सबैको जवाफ कामबाट दिनुभयो ।

अहिलेमात्र होइन जब जबजका प्रणेता जननेता मदन भण्डारीलाई चुनौतीका रूपमा त्यस्तो शक्तिले देख्यो तब रहस्यमय ढंगले भौतिकरूपमै समाप्त पारे । त्यसैगरी ओली जब जननेता मदन भण्डारी र जबजको उत्तराधिकारीका रूपमा देखा पर्नुभयो कम्युनिष्टविरोधी र शक्तिलाई असहय हुन थाल्यो । त्यससँगै एमाले र देशकै नेतृत्व गर्दा उहाँको कार्यशैली योग्यता अक्षमताले ती शक्तिहरू त्रसित हुँदै एकजुट हुन पुगे । त्यससँगै ओलीको सामाजिक र राजनीतिक जीवन समाप्त पार्न देशी विदेशी तत्व र विभिन्न कम्युनिष्ट नामधारीको समूह षडयन्त्रमूलक ढंगले अघि बढेको कसैका सामु लुकेको छैन ।

अहिले नेकपा एमाले र अध्यक्ष ओलीलाई कमजोर बनाउने मिसन नै चलिरहेको छ । एमालेजस्तो राष्ट्रवादी शक्ति र राजनेता ओलीलाई बदनाम गराउन नसके कमजोर वा शक्तिहिन बनाउन विभिन्न भाष्य निर्माण गर्ने षडयन्त्र भईरहेको छ । भ्रम छर्ने कार्य भईरहेको छ । एमाले र ओलीलाई कमजोर बनाउनु भनेको वा प्रहार गर्नु भनेको प्रकारान्तरले मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने नै हो ।

चाहे नेकपाकालीन अवस्था होस् वा उहाँ प्रधानमन्त्री रहँदा होस् त्यो समूहले गरेका कुकृत्य बाहिर घामजत्तिकै छर्लङ्ग छ । त्यस्तो त नेपालको समकालीन राजनीतिमा टावर पर्सनालिटी बनाउनुभएका ओलीको तेजोवध गर्न सके जबज नेपालको कम्युनिष्ट आन्दोलन र नेपालको अग्रगामी विकास धराशयी बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ ती शक्ति र तत्वहरू नियोजितरूपमा हात धोएर लागेकै छन् । जो देशका विरुद्ध, लोकतन्त्रका विरुद्ध काम गरिरहेका छन् । केपी ओलीमाथिको प्रहार गर्नु भनेको नेपाली जनता र राष्ट्रको भविष्यमाथि प्रहार गर्नु हो भन्ने सबैले बुझ्न जरुरी छ ।

अहिले अर्को भाष्य निर्माण गरिँदैछ । त्यो भनेको सर्वस्वीकार्य अध्यक्ष ओलीलाई पार्टीभित्रै कमजोर भयो प्रदेश अधिवेशनलाई सिरानी राखेर कार्यकर्ताले भनेको मान्नै छाडे भन्ने । के एमालेका नेता-कार्यकर्ताले अध्यक्ष ओलीले भनेको मान्न छाडेर माओवादी अध्यक्ष प्रचण्ड वा कांग्रेस महामन्त्री गगन थापाको निर्देशन मान्छन् ? यस्तो दिग्भ्रमित पार्ने गोयवल्स शैली जारी छ । तर, एमालेमा न त केपी ओलीलाई चुनौती दिने कोही छ न त विकल्प नै केही छ ।

एमाले र राष्ट्रका लागि अझै केही समय केपी ओलीको नेतृत्व अपरिहार्य छ । एमालेमा नीति र नेतृत्वमा द्विविधा छैन । ओलीलाई सबैले स्वीकार गरिरहेको अवस्था छ । सबैले अभिभावककै रुपमा ग्रहण गरेका छन् । तर, एमाले र ओलीलाई कमजोर पार्न यस्तो भ्रमको खेती गरिदैछ । यो भनेको एमालेमा खेल्न सकिन्छ कि भनेर फैलाइएको दुश्प्रचार हो । जुन चियाको कपमा आँधिहुरी ल्याउन खोज्नुबाहेक केही होईन । यो निरर्थक र गलन प्रचार हो । यस्तो भ्रमका पछाडि लाग्न जरुरी छैन ।


प्रतिक्रिया

One thought on “ओलीमाथि प्रहार र प्रतिगामी प्रलापको अन्तर्य

  1. यो समाचार पनि त्यहि गोयवल्स शैलीको अर्को रूप हो । हुँदै नभएको कुरा, प्रसंग बिहिन कुरा लेखेर भाष्य निर्माण गर्न खोज्ने यो लेख पनि गोयवल्स शैलीको एक नमूना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *