गायक प्रकाश दुतराजको गीतको एमाले अध्यक्ष केपी ओलीको प्रशंसा – Nepal Press

गायक प्रकाश दुतराजको गीतको एमाले अध्यक्ष केपी ओलीको प्रशंसा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गायक प्रकाश दुतराजको हालै सार्वजनिक नयाँ गीत ‘रिमै’को प्रशंसा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा गीतको टिकटक भिडिओ शेयर गर्दै उनले दशैंमा सुनेको मीठो गीत भनेका छन् ।

अध्यक्ष ओलीले आफ्नो फेसबुक पेजमा रिमै गीतको टिकटक भिडियो सेयर गर्दै भनेका छन्, ‘यो दशैंमा सुनेको मिठो गीत । प्रकाश दुतराजले बनाउनु भएको यो मिठो गीतमा हाम्रो राउटे समुदायको कथा छ । जति सुन्यो झन् झन् मीठो !’

गायक दुतराजको राउटे समुदायको संस्कृति झल्किने म्युजिक भिडि‌ओ ‘रिमै’ पाँच दिन अघि सार्वजनिक भएको थियो । गायक दुतराज र गायिका मेलिना राईको स्वर रहेको गीतको भिडिओमा स्वयम् दुतराज र केपिना गोतामेको अभिनय रहेको छ । १४ मिनेट १५ सेकेन्डको लामो गीतको म्यूजिक भिडियो अहिलेसम्म युट्युवमा पौने १० लाखले हेरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *