‘परदेशी २’ लाई दोस्रो सातामा पनि दर्शकको साथ उस्तै – Nepal Press

‘परदेशी २’ लाई दोस्रो सातामा पनि दर्शकको साथ उस्तै

काठमाडौं । गत असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ को प्रदर्शनको १३औं दिन पनि राम्रो शो संख्या र दर्शक अकुपेन्सीसहित दर्शकको साथ पाएको छ । पहिलो र दोस्रो साताको विकेन्डमा जस्तै आज बुधबार धेरै शो हाउसफूल छन् ।

पहिलो हप्ता बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी चलचित्र निर्माण टीमको छ । चलचित्र हेरेर निस्किएका दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले चलचित्रले मन छोएको सजिलै आँकलन गर्न सकिने निर्माण टीमको दाबी छ ।

डेब्यू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले प्रमुख सहर काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग खुसी साटैका छन् ।

दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझीले खुशी व्यक्त गरेका छन् । यसले आगामी दिनमा अझै राम्रो चलचित्र बनाउने ऊर्जा मिलेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *