सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थपियो नयाँ सुविधा – Nepal Press

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थपियो नयाँ सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउन थप नयाँ सुविधाहरुसहित मोबाइल बैंकिङ एप अपग्रेड गरेको छ ।

डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आएका सेवामा अतिरिक्त अन्य सेवाहरु थप गरेको हो ।

अब बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एपमार्फत नै मुद्दती खाता खोल्न सक्नेछन् । चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने सुविधाहरुसमेत मोबाइल बैंकिङ एपबाटै लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइलमार्फत नै प्रिभिलेज बैंकिङ सेवासमेत सुरु गरेको छ । यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरुमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।

अब भने बैंकले मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । जहाँ ग्राहकहरुले बैंकले तोकिएका सम्पर्क अधिकृतमार्फत विनाझन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ यूआई (प्रयोगकर्ता इन्टरफेस)मा अपग्रेड गरिएको छ । जसले प्रयोगकर्ताको अनुभव बढाउने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार लगइन मेनु पनि पुनः संगठित गरिएको छ, जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ । लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्तामैत्री बनाइएको छ ।

साथै नेपालपेको क्युआरमार्फत व्यापारीलाई क्युआर स्क्यान गरी भुक्तानी गर्नेलगायत विभिन्न नयाँ सुविधा थप गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर