नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह – Nepal Press

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

काठमाडौं । नेपालमा लगानीका लागि अर्जेन्टिनलाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । मंगलबार अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसंगको भेटबार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानीका लागि आग्रह गरेका हुन् ।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको भन्दै अध्यक्ष मल्लले नेपालमा अवैतनिक दूतको नियुक्ती गरेर ब्यापारिक सहकार्य गर्न राजदूत गोवीसंग आग्रह गरे ।

अध्यक्ष मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि ब्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु, ।’

नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्वन्ध ६० वर्ष पुरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्वन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । राजदूत गोवीसंग अध्यक्ष मल्लले नेपालको जलविद्युत, बनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव समेत गरेका छन् ।

राजदूत गोवीले नेपालमा आर्थिक गतिविधी विस्तार गर्नका लागि आफुले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाई छ । दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले बताए । उनले भने, ‘नेपालसंगको सम्वन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु, ।’

नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर