सिटिजन्स बैंकको करिब ६ प्रतिशत लाभांश स्वीकृत – Nepal Press

सिटिजन्स बैंकको करिब ६ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न बैंकको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभाश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो भने सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत समेत भएको छ ।

त्यस्तै, सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.), सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् । बैंकले देशैभरी फैलिएका १८८ शाखा, १४८ ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर