भक्तपुरमा दसैँसँगै सुरू भयो नवरात मेला (भिडिओ) – Nepal Press

भक्तपुरमा दसैँसँगै सुरू भयो नवरात मेला (भिडिओ)

काठमाडौं । दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ ।आज बिहान दशैँको पहिलो दिन आइतवार व्रम्हायणीमा मेला शुरु भएको हो । प्रत्येक वर्ष दशैँको घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ ।

आज भक्तपुरको व्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ । रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरु यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्ने गर्दछन् । मेला बिहान पनि मेला लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको संख्या धेरै हुन्छ ।

साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन् । नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ । यस अनुसार पहिलो दिन भक्तपुरको व्रम्हायणीमा मेला लाग्छ । अ

न्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ । परम्पराअनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रयाणी, सातौ दिन महाकाली, आठौ दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर