डोटीमा कांग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २१ को उम्मेदवारी – Nepal Press

डोटीमा कांग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २१ को उम्मेदवारी

डोटी । नेपाली कांग्रेसको महासमिति सदस्य चयनका लागि डोटीमा बुधवार मतदान हुने भएको छ । कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले दिएको जानकारी अनुसार राजपुरको सेती सभाहलमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

‘यो जिल्ला अधिवेशनकै समयमा भइसक्नु पर्ने थियो, तर त्यति वेला सभापतिको निर्वाचन दुई चरणमा भएपछि प्रतिनिधिहरू सबै घरतिर गइसकेका थिए’ सिंहले भने ‘त्यसैले त्यति वेला रोकिएको थियो ।’

महासमिति सदस्यहरूको सर्वसम्मत चयन गर्नका लागि पटक पटक प्रयास गरिएको तर सहमति जुट्न नसकेपछि निर्वाचनमै जानु पर्ने बाध्यता आएको सभापति सिंहले बताए ।

उनले जिल्ला अधिवेशनका प्रतिनिधिहरूले नै महासमिति सदस्य चयनका लागि मतदान गर्ने जानकारी दिए ।

११ जना महासमिति सदस्य चयनका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ ५ पदका लागि १० जनाको उम्मेदवारी परेको छ । यस्तै, खुल्ला महिला सदस्यतर्फ २ जनाको सिटमा ३ जनाले दाबी गरेका छन् ।

खस आर्य कोटामा पुरुषतर्फ २ जनाको सिटमा ४ जना, खस आर्य कोटामा महिलातर्फ १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, दलित सदस्य तर्फ १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

खुलातर्फ जीतबहादुर खड्का, दिलबहादुर बम, पदमराज जोशी, पुष्प कुमार शाही, भरतबहादुर खड्का, यज्ञराज पाठक, रामप्रसाद उपाध्याय, लोकेन्द्रबहादुर शाही, सिताराम जोशी र हर्कबहादुर देउवाले उम्मेदवारी दिएका छन् ।

खुला महिला सदस्यका लागि धौलीदेवी रावल, पार्वती चन्द र प्रसिस महराले उम्मेदवारी दिएका छन् ।

खस आर्य समानुपातिक महिलातर्फ मिनादेवी विष्ट र हरिमाया भट्टले उम्मेदवारी दिएका छन् भने खस आर्य समानुपातिक खुलातर्फ विजयराज ओझा, भक्तबहादुर बलायर, लक्ष्मणबहादुर सिंह र सोपान सिंह बोहरा उम्मेदवार वनेका छन् ।

समानुपातिक दलिततर्फ कल्पना शोप र लालबहादुर बिक उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर