असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने, एकजनाले कतिसम्म पाउँछन् ? – Nepal Press

असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने, एकजनाले कतिसम्म पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि असाेज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले असोज २९ गतेबाट दसैंका लागि नयाँ नोट साट्न पाइने बताए ।

बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने बताएको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर