कांग्रेसले विद्युत् विधेयक निर्माणमा संलग्न सरकारी पदाधिकारीसँग छलफल गरेर मात्रै धारणा बनाउने (भिडिओ) – Nepal Press

कांग्रेसले विद्युत् विधेयक निर्माणमा संलग्न सरकारी पदाधिकारीसँग छलफल गरेर मात्रै धारणा बनाउने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले संसद् सरकारले दर्ता गरेको विद्युत् विधेयकबारे छलफल गरेको छ ।

संसदीय दलको बैठकमा विज्ञ र सरोकारवालाहरूलाई राखेर विद्युत् विधेयकबारे छलफल गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘यो देशको आर्थिक क्षेत्रसँग पनि जोडिएको महत्त्वपूर्ण विधेयक हो । मङ्गलवार ११ बजे विधेयक निर्माणको क्रममा संलग्न भएका सरकारी पदाधिकारीहरूलाई पनि आमन्त्रण गरेर छलफल गर्छौँ।’

सरकारको पनि कुरा सुनेर पार्टीका सांसदहरुलाई संशोधन हाल्न सहज हुनेगरी कांग्रेसले आफ्नो धारणा बनाउने बताए ।

उनले भने, ‘नीजि क्षेत्रको तर्फबाट ठूलो हिंसा छ। यो विधेयकलाई नीजि क्षेत्रलाई विस्थापित गर्ला भन्ने कुरा पनि उठेको छ। विद्युत् उत्पादनको क्षेत्रमा वैदेशिक लगानी बढाउनुको साथै वितरणको विषयमा पनि गम्भीर हुनु जरुरी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर