विश्वप्रकाशको टिप्पणी- सरकारले नै जघन्य अपराधी छाडेपछि कानून बनाएरमात्रै हुँदैन – Nepal Press

विश्वप्रकाशको टिप्पणी- सरकारले नै जघन्य अपराधी छाडेपछि कानून बनाएरमात्रै हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले निरन्तर कमजोरी गर्दै आइरहेको औंल्याएका छन् । शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा बोल्दै सत्तापक्ष र प्रतिपक्ष नभनी सहमतिमा टुंग्याउनुपर्ने बताए ।

सदनमा उनले भने, ‘सरकारले कैयौं निर्णयहरुमा कमजोरी गरिरहेको छ । यो निर्णयमा कमजोरी नगरोस् । शिक्षकहरूले गरेको आन्दोलनक्रममा भएका सम्झौताहरूलाई संशोधनको अंग बनाइराखेर परिमार्जित गरेर अगाडि बढोस् ।’

सरकारमा जो भएपनि विद्यालयमा सबै भएकाले त्यसतर्फ गम्भीर हुन उनले आग्रह गरे ।

उनले भने, ‘एउटा भनाइ छ ठूलाको लागि जेल बनाउनुभन्दा सानाको लागि विद्यालय बनाउनु राम्रो कुरा हो । सरकार एकातिर सानालाई व्यवस्थित विद्यालयको परिकल्पना गर्दैछ । अर्कोतिर ठूलाका लागि जेल बनाउनुहुन्न भन्ने कुरा त सही हो । जघन्य अपराधमा रहेका आममाफीको प्रक्रियाबाट छाड्दैछ । त्यसैले कानून बनाएरमात्रै समाज सुन्दर बन्दैन । कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर