कांग्रेसले भन्यो- शिक्षा विधेयकलाई सहमतिमै टुंग्याउनुपर्छ – Nepal Press

कांग्रेसले भन्यो- शिक्षा विधेयकलाई सहमतिमै टुंग्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिको साथ शिक्षा विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको भावनाअनुसार विधेयक अघि बढ्ने बताए ।

लेखकले भने, ‘शिक्षा विधेयकलाई संविधानको मूल्य मान्यता र भावनाअनुसार सरोकारवालाहरूबाट उठेको सबै चासो र चिन्ताको विषयलाई पनि समेटेर सहमतिको साथ यो विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्छ । र, सकिन्छ भन्ने लाग्छ ।’

संविधानको भावनाअनुसर विद्यार्थी, शिक्षक, अभिभावकदेखि विद्यालय कर्मचारीसम्मलाई समेटेर अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर