लाजिम्पाटस्थित भियतनामी रेस्टुरेन्ट ‘Pho 99′ मा महानगरको अनुगमन, अखाद्य वस्तु भेटिएपछि ताला लगाइयो – Nepal Press

लाजिम्पाटस्थित भियतनामी रेस्टुरेन्ट ‘Pho 99′ मा महानगरको अनुगमन, अखाद्य वस्तु भेटिएपछि ताला लगाइयो

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित लाजिम्पाटमा रहेको भियतनामी रेस्टुरेन्ट ‘Pho 99’ मा महानगरले अनुगमन गर्दा अखाद्य वस्तु भेटिएपछि ताला लगाएको छ ।

ग्राहकको खाजा म:म:मा साङ्ला भेटिएको र उपभोक्ताको गुनासालाई मध्यनजर गरी बिहीबार महानगरको अनुगमन टोली सोही रेस्टुरेन्टमा गई अनुगमन गरेर ताला लगाइएको महानगरले जनाएको छ ।

‘अनुगमनका क्रममा त्यहाँ खान नमिल्ने अखाद्य वस्तुहरु भेटिएको हुँदा Pho 99 रेस्टुरेन्टमा ताला लगाइएको छ’, महानगरले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *