प्रचण्ड सरकारप्रति शेखरको आक्रोश- नसच्चिने भए छाडे हुन्छ – Nepal Press

प्रचण्ड सरकारप्रति शेखरको आक्रोश- नसच्चिने भए छाडे हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् । गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्रीको एकल निर्णयले अहिले समाजमा अराजकता बढेको आरोप लगाए ।

कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसकेको छ । सरकार या सच्चिनुपर्यो । या छाड्नुपर्यो अर्को विकल्प छैन । कांग्रेस नेतृत्वको सरकार आवश्यक परिसकेको छ । तर, हाम्रो साथीहरुलाई चाहिएको छैन गर्ने के ? हामी कसैको इशारामा हिँड्नु भएन । हाम्रो हाम्रो खुट्टामा उभिएर हिँड्ने आँट गर्नुपर्छ । सरकार सच्चिनुपर्छ ।’

अहिले राजनीतिक अस्थिरता, आर्थिक, सामाजिक सबै हिसाबले देश अफ्ठ्यारो परिस्थितीमा रहेको बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणलीबाटै कांग्रेसको एकल बहुमत आउने भएकाले संविधान संशोधन गर्न आवश्यक भएको बताए। उनले समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने सुझाए ।

त्यसो त शेखरले मात्रै नभएर कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको चर्को आलोचना गर्दै आइरहेका छन् । उनले सरकारले काम गर्न नसकेको भन्दै कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउने प्रस्ताव समेत गरिसकेका छन् । इतर पक्षका नेताहरुले सरकारको विकल्प खोज्नुपर्ने बताएपनि संस्थापनपक्ष तत्काल प्रचण्ड सरकारको विकल्प नखोज्ने पक्षमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर