सामाजिक सञ्जालको भ्रामक सन्देशले सद्भाव भड्काउने अवाञ्छित गतिविधि हुनु चिन्ताजनक: गगन थापा – Nepal Press

सामाजिक सञ्जालको भ्रामक सन्देशले सद्भाव भड्काउने अवाञ्छित गतिविधि हुनु चिन्ताजनक: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

उनले विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले भनेका छन्, ‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नुपरेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।’

हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न कांग्रेस महामन्त्री थापाले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर