एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी – Nepal Press

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए ।

प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । यसपछि उनीहरूबीचमा प्रतिस्पर्धा भएको थिएन ।

खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । मोरङको साविक लेटाङ गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले कांग्रेसका डिकबहादुर लिम्बूलाई पराजित गरेका थिए ।

२०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए ।

एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो ।

प्रदेश सचिवमा राजकुमार भण्डारी र उपसचिवमा जलवर्षा राजवंशी साथै देवान राई विजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर