शंकर पोखरेलको दाबी- भ्रष्टाचार प्रकरणमा जुनसुकै फाइल खोल्दा पनि सत्तापक्षकै नेताहरू जेल जान्छन् (भिडिओ) – Nepal Press

शंकर पोखरेलको दाबी- भ्रष्टाचार प्रकरणमा जुनसुकै फाइल खोल्दा पनि सत्तापक्षकै नेताहरू जेल जान्छन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई भ्रष्टाचारको जुनसुकै फाइल खोल्न चुनौती दिएका छन् ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नै भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।

उनले भने, ‘एकातिर सरकार म त भ्रष्टाचारविरुद्धको अभियानमा छु भनेर जनताको बीचमा भ्रम सिर्जना गर्ने कोसिस गर्छ । अर्कोतिर सरकारको संयन्त्रको योजनामा विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम हुन्छ । सरकारको सुशासनको पक्षमा हुन्थ्यो भने छानबिनलाई प्रभावकारी बनाउन आनाकानी हुने गर्छ । विमानस्थलमा सुन तस्करीमा सत्तापक्षका नेताहरुको अनुहार उदांगो हुने गर्छ । जुनसुकै घटनाको छानबिन गर, तयार छौं । तर, अन्त्यमा एमाले होइन सत्तापक्षकै नेताहरु जेल जान्छन् ।’

उनले गठबन्धन सरकार रहेसम्म देशको भविष्य बर्बादतर्फ जाने दाबी गरे । तर, संसदको बनावटको कारणले अहिले जनताले चाहे जस्तो एमालेको सरकार बन्न नसक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर