नेपालमा शहरमा बस्नेको दर अहिलेकै निरन्तर रहे सन् २०५० सम्ममा शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण (भिडिओ) – Nepal Press

नेपालमा शहरमा बस्नेको दर अहिलेकै निरन्तर रहे सन् २०५० सम्ममा शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण (भिडिओ)

काठमाडौं ।सरकारले सोमबार विश्व बसोवास दिवस २०८० मनाउने भएकाे  छ । आइतबार पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले विश्व बसोवास दिवसको अवसरमा कार्यशाला गोष्ठीको आयोजना गरी विश्व बसोवास दिवस २०८० मनाउन लागेको हो ।

‘समृद्धि एवं पुनःलाभयुक्त शहरः उत्थानशील अर्थतन्त्रको आधार’ भन्ने मुल नारासहित विश्व बसोवास दिवस मनाउन लागेको मन्त्रालयले जनाएको छ ।

नेपालले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमवार विश्व बसोवास दिवस मनाउँदै आएको छ । पत्रकार सम्मेलनमा बोल्दै विश्व बसोवास दिवस २०८० मुल तयारी समितिका संयोजक सह–सचिव दिलिप भण्डारीले विश्वमा जनसंख्याको ७९ प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बसोवास गर्ने गरेको बताए ।

‘अहिलेकै अवस्थामा शहरमा बसोवास गर्ने मानिसहरुको दरले निरन्तरता पाए सन् २०५० सम्ममा शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।’ उनले भने ।

उनले काठमाडौं उपत्यकामा शहरीकरणको चाप बढ्दै गएको बताए । उनले शहरी क्षेत्रमा जनसख्या बढ्दै जाने तर शहरी अर्थतन्त्र शिथिल हुँदै जाने विश्व परिदृश्यबाट नेपाल पनि अलग नभएको उनको भनाइ छ । सरकारले अब शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा विकास गरी आत्मनिर्भर शहरी विकासमा जोड दिन जरुरी रहेको भण्डारीले बताए ।

सबै निकायहरुलाई बजेट बनाउन सहजीकरण बनाउने उद्देश्यले बसोवास दिवस मनाउँदै आएको उनको भनाइ छ । पछिल्लो समय रोजगारीको अवसर शहरी क्षेत्रमा हुने भएकाले शहरमा बसोवास गर्ने आउने मानिसहरु रोक्न सक्ने अवस्था नभएको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर