कांग्रेस मधेशको स्वास्थ्य विभागले भन्यो- स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्छौं – Nepal Press

कांग्रेस मधेशको स्वास्थ्य विभागले भन्यो- स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्छौं

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशको स्वास्थ्य विभागले आन्दोलित स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कांग्रेस मधेशका स्वास्थ्य विभागकी प्रमुख शर्मिला थापा र उपप्रमुख डा. सज्जन ठाकुरले विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मीको आन्दोलनमा समर्थन जनाउँदै जायज माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

देशका विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुँदै आइरहेको हमला, दुर्व्यवहार र शारीरिक तथा भौतिक हमला गरिएको घटना सर्वविदित नै भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सांघातिक हमला गरी घाइते बनाइएको एवं स्वास्थ्य संस्था तोडफोड गरी स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रलाई आतंकित पार्ने दुस्प्रयासहरुले नेपाली कांग्रेस मधेस प्रदेश स्वास्थ्य विभाग स्तब्ध भएको छ । साथै यस्ता अमानवीय घटनाको घोर भत्र्सना एवं निन्दा गर्दछ ।’

नेपाल सरकार तथा सरोकारवाला निकायले पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारबाही तथा जायज माग पूरा नगरेको अवस्थामा सशक्त रुपमा कडा आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमार्फत कांग्रेस मधेशको स्वास्थ्य विभागले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर