हामी पार्टी कब्जा गर्न लाग्यौं, जनताले विकल्प खोजे : अर्जुननरसिंह केसी – Nepal Press

हामी पार्टी कब्जा गर्न लाग्यौं, जनताले विकल्प खोजे : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी कब्जा गर्न नेताहरू लागिरहे पनि जनता जति सबै अर्कैको कब्जामा परिसकेको टिप्पणी गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले देश संगठितरूपमा अराजकतातिर जाँदा कांग्रेस गम्भीर बन्नुपर्ने बताए ।

केसीले भने, ‘हामी पार्टी कब्जाको दौडमा आफ्नो आफ्नो ढंगले सभापतिजीले पनि गरिराख्नुभएको होला हामी पनि गरिराखेका छौं । तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं । जनता अर्कैले कब्जा गरिसकेका छन् । अहिलेको निराशा र असन्तुष्टिबाट जनता हामीबाट आक्रोशितमात्रै होइन विकल्प खोज्न थालिसकेका छन् । यो कुरा आत्मसाथ गरौं यो पक्ष विपक्षको कुरा होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर