कांग्रेस बैठकमा देउवाको रुलिङ- ५ मिनेट भनेको कम हो ? दुई पेज पढ्न सकिन्छ – Nepal Press

कांग्रेस बैठकमा देउवाको रुलिङ- ५ मिनेट भनेको कम हो ? दुई पेज पढ्न सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय कमिटीको चौथो दिन केन्द्रीय सदस्यहरूलाई रुलिङ गर्दै ५ मिनेटभित्र धेरै लामो बोल्न सकिने बताएका छन् ।

डा. नारायण खड्काले थप समय माग्दै ५ मिनेटमा असन्तुष्टि जनाएपछि सभापतिको आसनबाट देउवाले भने, ‘५ मिनेटभित्र त २ पेज पढ्न सकिन्छ नि । धेरै बोल्न सकिन्छ, ५ मिनेट भनेको कम हो ? बोल्नुस् न बोल्नुस् । तपाईँहरू आफैं जान्ने हुनुहुन्छ नि ।’

सभापति देउवा सामन्यतः ५ मिनेटमा आफ्नो भाषण सक्ने गर्छन् । कांग्रेस बैठकमा ४ मिनेट पुगेपछि जनाउ घण्टी बज्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर