कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्रीको ब्रिफिङ- शिक्षकसँगको सहमतिबाट पछि हट्दैनौं – Nepal Press

कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्रीको ब्रिफिङ- शिक्षकसँगको सहमतिबाट पछि हट्दैनौं

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासंघसँगको सहमतिपछि आन्दोलनरत शिक्षकहरूको सम्भव भएसम्मको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

कांग्रेस उपसभापतिसमेत रहेका खड्काले पार्टी केन्द्रीय समितिको बैठकलाई सरकारको तर्फबाट ब्रिफिङ गर्दै आन्दोलनरत शिक्षकहरूको नेतासँग पनि आफूले सरकारात्मक ढंगले छलफल गरेर पठाएको बताए।

उनले भने, ‘शिक्षक महासंघभित्र आन्तरिक कुरा के छन् त्यसमा मैले प्रवेश गर्ने कुरा हुँदैन । महासंघसँग जोडिएका केही राहत, केही पेन्सनसँग चित्त नबुझेको, केही बालशिक्षासँग भएको विभिन्न प्रकृतिको शिक्षकहरूले हाम्रो सहमति छैन भन्ने कुरा उठाएर सडकमा हुनुहुन्छ । मैले आफ्नो तरिकाले भेट गरिरहेको छु । वार्ताको नेतृत्व गरेको उपप्रधानमन्त्रीजीले पनि कुरा गरिराख्नुभएको छ । समग्रमा महासंघको नेतृत्वमा भएका मागहरुलाई उहाँहरूकै सहमतिमा, उहाँहरू सबैलाई राखेर महासंघको नेतृत्वमा जतिखालको संघ र संगठन हुनुहुन्छ उहाँहरुको अध्यक्ष पनि त्यो वार्तामा सबै सहभागी हुनुहुन्छ।’

सरकार र संसद मिलेर शिक्षकहरुसँग भएको सहमति कार्यान्वयन गर्ने बताए ।

उनले भने, ‘हामीले धेरै कुरा सम्बोधन गरेका छौं । अहिले संसदमा दर्ता गरेको छ। संसदको प्रक्रियामा गएन भने समस्या ल्याउँछ भनेर सम्बोधन हुन्छ । सरकारले गरेको सहमतिबाट दायाँबायाँ हुँदैन अझै मिलाउनुपर्ने सबैकुरा प्रक्रियामा हामी मिलाउँछौं । प्रधानमन्त्री र अर्थमन्त्रीहरु फर्किएपछि महासंघसँग भएको सहमति अनुसार सरकार र संसद मिलेर तयारी गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर