कांग्रेस बैठकमा उठ्यो संघीयतामाथि प्रश्न, हिन्दु राष्ट्रलाई महासमिति बैठकको प्रमुख एजेण्डा बनाउन माग – Nepal Press

कांग्रेस बैठकमा उठ्यो संघीयतामाथि प्रश्न, हिन्दु राष्ट्रलाई महासमिति बैठकको प्रमुख एजेण्डा बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा हिन्दु राष्ट्र पक्षमा वकालत र संघीयताको बिषयमा प्रश्न उठेको छ। बैठकमा बोल्दै शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए।

उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ। म महामन्त्रीहरुलाई आग्रह गर्न चाहन्छौं हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरु हौं। देशभर पार्टीका साथीहरुको आवाज हो। आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला। नत्र धेरै अफ्ठ्यारो पर्नेछ।’

अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुर्नविचार गर्न आग्रह गरे।

उनले भने, ‘यो संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा छ। यसबारेमा पार्टीले गम्भिर विचार गर्नुपर्छ। हामीले राष्ट्रिय स्वाधिनता र अखण्डताको कुरा गरिराखेका छौं। केही नेताहरुको बाध्यता होला। संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ।’

सनातनीहरूलाई जिस्काउने अपमानित गर्ने समग्र रुपमा नस्ट गर्ने कुरा भइरहेको बताए। उनले भने, ‘सरकार के हेर बसिरहको छरु यसमा हाम्रो पार्टीको धारणा के होरु आज देशमा जात र धर्मको नाममा युद्ध हुने अवस्था आइरहेको छ। कांग्रेस के हेरेर बसेको छ ? यस विषयमा गम्भीर बन्न पर्दैन ?’

भण्डारीले नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने विषय आएको हुँदा यस विषयमा सरकारसँग स्पष्ट जानकारी लिनुपर्ने स्पष्ट धारणा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर