कांग्रेस बैठकमा प्रदीप पौडेलले भने- गठबन्धन जोगाएर सरकारमा बस्नु मात्रै उपलब्धि होइन – Nepal Press

कांग्रेस बैठकमा प्रदीप पौडेलले भने- गठबन्धन जोगाएर सरकारमा बस्नु मात्रै उपलब्धि होइन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताएका छन्। केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाए।

उनले भने, ‘अर्थमन्त्रालय हाम्रो पार्टीको नेतृत्वमा छ। सरकारमा हामी सहभागी छौं। अहिले गम्भीर आर्थिक संकट गम्भिर भएको बेलामा हाम्रो दृष्टिकोण प्रष्ट हुनुपर्छ। साना व्यापारिको सटर बन्द भएको छ। महँगी बढेको छ। त्यसमा सरकारले कुनै अनुगमन गरेका छैनौं।’

उनले पार्टी बैठकको निर्णय प्रेस विज्ञप्तिमा सीमित राख्न पार्टी नेतृत्वलाई आग्रह गरे।

उनले भने, ‘बैठकको निर्णय प्रधानमन्त्रीकहाँ लगेर यो काम गर भन्न सक्नुपर्यो। गठबन्धन जोगाउनु मात्रै उपलब्धि होइन। गठबन्धनमा गरेर सरकारमा गएपछि पार्टीलाई लोकप्रिय बनाउनेगरी काम गर्न सक्नुपर्यो। हाम्रा साथीहरु सरकारमा हुनुहुन्छ कसैले राम्रो काम गरे मैले भाषण गर्न पाइनँ। त्यसैले सरकारमा बस्न मात्र उपलब्धि होइन। सरकारमा बसेर पार्टीलाई लोकप्रिय काम गर्न सक्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर