पार्टी बैठकमा रमेश लेखको ब्रिफिङ- एमालेको अधैर्यता संसदमा देखियो, कांग्रेस बोल्नुपर्छ (भिडिओ) – Nepal Press

पार्टी बैठकमा रमेश लेखको ब्रिफिङ- एमालेको अधैर्यता संसदमा देखियो, कांग्रेस बोल्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निरन्तर संसद् अवरोध हुँदा संसदीय पद्धतिलाई नै कमजोर पार्ने बताएका छन्। केन्द्रीय समितिको बैठकमा संसदीय दलको तर्फबाट ब्रिफिङ गराउँदै प्रमुख सचेतक समेत रहेका लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधैर्य भएको टिप्पणी गरे।

उनले भने, ‘संसदमा प्रमुख प्रतिपक्ष दल अधैर्य र आक्रमक छ भनेर यसअघिको बैठकमा पनि भनेको थिए। अहिले पनि त्यो यथावत् छ। अहिलेसम्म ६ ७ वटा बिषयलाई लिएर बैठक निरन्तर अवरो हुँदै आइरहेको छ। तर, हामीले सहमतिबाट अगाडि बढाइरहेका छौं।’

एमालेले निरन्तर संसद बैठकलाई अवरोध गर्दै संसदीय पद्धति असर गर्ने भएकाले पार्टीको तर्फबाट औपचारिक निर्णय गरेर बोल्नुपर्ने बताए।
सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोग गठन गर्ने सहमति भएपनि प्रक्रिया अघि नबढेकाले सरकारले त्यसलाई पहल गर्न आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर