कांग्रेस बैठकको पहिलो दिन कसले के भने ? – Nepal Press

कांग्रेस बैठकको पहिलो दिन कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको छ । आजको बैठकमा महामन्त्री गगन थापाले प्रस्तावहरु प्रस्तुत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा उपसभापति एवं कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरुबारे जानकारी गराएका थिए ।

संविधानले निर्धारण गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्नसक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले बैठकमा जनाए ।

बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापति उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम)ले आजको बैठकमा आ–आफ्नो धारणा राखे ।

कार्यसमितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने मुख्यसचिव पौडेलले बताए । बैठक कांग्रेसको फेसबुक पेजबाट लाइभ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर