केन्द्रीय सदस्य मनोनयनमा प्रश्न उठेपछि देउवाको जवाफ- ठाउँ कम भएकाले सबैलाई समेट्न सकिएन – Nepal Press

केन्द्रीय सदस्य मनोनयनमा प्रश्न उठेपछि देउवाको जवाफ- ठाउँ कम भएकाले सबैलाई समेट्न सकिएन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले मनोनयन गरेको केन्द्रीय सदस्यको योग्यतामा प्रश्न उठेको छ ।

केन्द्रीय समितिको बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रीय सदस्य मनोनयनमा प्रश्न उठाएपछि सभापति देउवाले सबैलाई समेटेर जाने बताएका छन् ।

बैठकमा शर्माले सभापतिले कुन मापदण्डको आधारमा केन्द्रीय सदस्य मनोनयन गरिराख्नुभएको छ भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि देउवाले केन्द्रीय समितिमा ठाउँ कम भएकाले छुटेकाहरुलाई महासमिति सदस्यमा राख्ने आवश्वासन दिएका छन् ।

आजैमात्र देउवाले ८ जना केन्द्रीय सदस्य थप गरेका थिए । जसमध्ये इतर समूहका दुईजनामात्रै परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर