कांग्रेस बैठकमा उद्धव थापा- एमालेलाई रोक्न मैले लिएको विश्वासको मत संविधानसम्मत थियो – Nepal Press

कांग्रेस बैठकमा उद्धव थापा- एमालेलाई रोक्न मैले लिएको विश्वासको मत संविधानसम्मत थियो

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले आफ्नो नेतृत्वको सरकार गठन र विघटनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा उनले अस्थायी पदले स्थायी पदको अधिकारलाई विस्थापित गर्न मिल्दैन भनेर संविधानमा लेखिएको उल्लेख गरे ।

उनले भने, ‘मैले विश्वासको मत लिने बेलामा जुन व्यक्तिले अध्यक्षता गरेको छ, त्यो अस्थायी व्यक्ति हो । स्थायी सभामुख होइन अस्थायी हो । त्यसकारण सभामुखको शपथ पनि गरेको छैन । सेवा सुविधा पनि लिएको छैन ।’

सभामुखले ४ गते विश्वासको मत लिने भनेर सूचना दिएपछि आफूहरुले ३ गते नै ह्वीप जारी गरेकाले अध्यक्षता गरेको व्यक्तिले आफूलाई मतदान गर्नु संविधानसम्मत भएको उनले दाबी गरे ।

पूर्वमुख्यमन्त्री थापाले भने, ‘हामीले विश्वासको मत नलिएको भए धारा ३ मा गएर एमालेको सरकार बन्थ्यो । आज तपाईंहरुले नै किन विश्वासको मत लिइनस् । तैले विश्वासको मत नलिएर एमालेको सरकार बन्यो भनेर मलाई नै तपाईंहरुले प्रश्न गर्नुहुन्थ्यो ।’


प्रतिक्रिया

One thought on “कांग्रेस बैठकमा उद्धव थापा- एमालेलाई रोक्न मैले लिएको विश्वासको मत संविधानसम्मत थियो

  1. मुख्य ध्यान प्रदेशको विकास, जनताको सम्वृद्वि होइन ।दिल्लीका टट्टुलाई मालिकको आदेश अनुसार एमालेलाई रोक्नु छ । एमाले रोक्न जुनसुकै अनैतिक काम पनि गर्छन दलालहरू । तर दलालहरूलाई जनताले के सोच्दै होलान भन्ने नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर