कांग्रेस बैठकमा नेता महरले भने- शिक्षकहरुको आन्दोलनमा रमिता हेरेर बस्न मिल्दैन – Nepal Press

कांग्रेस बैठकमा नेता महरले भने- शिक्षकहरुको आन्दोलनमा रमिता हेरेर बस्न मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरुले आन्दोलन गरिराख्दा पार्टी रमिते बनेर बस्न नहुने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै उनले शिक्षकहरुले संविधान बाहिर गएर कुनै माग नराखेकाले सरकारले सुन्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले यसअघि कबुल गरेका केही विषयहरु विधेयकमा समावेश छैनन् । शिक्षकहरुले संविधान बाहिरका कुरा उठाएका छैनन् । यस्तोमा कांग्रेस रमिता हेरेर बस्न हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर