कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा (तस्बिरहरु) – Nepal Press

कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको बैठक सुरु भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल केन्द्रित हुने उनले बताए।

बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ। कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ।

कांग्रेसमा सभापति देउवाको कार्यशैलीप्रति इतर पक्ष सन्तुष्ट छैन। बुधबार पनि डा। शेखर कोइरालाको नेतृत्वमा इतर पक्षका नेताहरु देउवा निवास धुम्बारही पुगेर कार्यशैली नसच्चाए आफूहरुले नयाँ ढंगले अघि बढ्ने चेतावनी दिएका फर्केका थिए।

कांग्रेसमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प खोज्नेबारे पनि छलफलमा ल्याइने इतर पक्षको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर