नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री महत – Nepal Press

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधर हुँदै गएको बताएका हुन् ।

उनले भने, ‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन । घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ । निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौं । सबै तिरबाट सुधार हुँदैछ ।’

नेपाल राष्ट्र बैंकले सानु सानु कुरामा हस्तक्षेप गरेको समेत अर्थमन्त्रीले बताए ।

नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले अटोलाई विलासीको वस्तुको रुपमा हेरेकोले समस्या भएको उनकाे भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या आएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर