सुवास नेम्वाङबारे एमाले- संविधान निर्माणमा उहाँले खेलेको भूमिका इतिहासमा अमिट रहिरहन्छ (भिडिओ) – Nepal Press

सुवास नेम्वाङबारे एमाले- संविधान निर्माणमा उहाँले खेलेको भूमिका इतिहासमा अमिट रहिरहन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेले नेपाली राजनीतिमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको अभाव लामो समयसम्म खड्किने निष्कर्ष निकालेको छ।

नेम्वाङको निधनपछि बसेको सचिवालय बैठकपछि पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले संविधान सभाको उपाध्यक्ष र प्रतिनिधि सभामा चार पटकसम्म सभामुखको भूमिका खेलेको स्मरण गरे।

बैठकपछि उनले भने, ‘मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नुभएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ। दुई दुई पटक संविधानसभाको अध्यक्षताको दुर्लभ अवसर उहाँले पाउनुभयो। उहाँले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभयो। त्यो कुरालाई सर्वाधिक महत्वको रूपमा हामीले मूल्याङ्कन गरेका छौँ।

सभामुख, पार्टी उपाध्यक्षको रूपमा संसदीय दलका उपनेताको रूपमा, कुशल सांसदको रूपमा भूमिका निर्वाह गरेको बताए।

उनले थपे, ‘चाहे राष्ट्रियसभामा रहँदा होस् या प्रतिनिधिसभामा, सार्वजनिक लेखा समितिको सभापतिको रूपमा हरेक आयाम र हरेक भूमिकामा आफूलाई अत्यन्त खरो साबित गर्नुभएको छ। सरल, जस्तोसुकै तनावको बीचमा पनि सबै पक्षहरूलाई समन्वयमा ल्याएर सहमतिको निकास निकाल्न सक्ने त्यो व्यक्तिको अभाव नेपालको राजनीतिमा लामो समयसम्म हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर