मनोविद्लाई प्रश्न- मान्छेमा आत्महत्या गर्ने सोच किन आउँछ ? (भिडिओ) – Nepal Press
नेपाल टक

मनोविद्लाई प्रश्न- मान्छेमा आत्महत्या गर्ने सोच किन आउँछ ? (भिडिओ)

यी हुन् मानसिक स्वास्थ्यका बारेमा जान्नै पर्ने कुराहरू

काठमाडौं । आज सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवस नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मा विश्वभरि नै यो दिवस मनाउने गरिए पनि आत्महत्याको दर भने वर्षेनी उकालो लाग्दै गइरहेको छ ।

नेपालकै पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा यो बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेको रेकर्ड नेपाली प्रहरीसँग छ ।

गत आर्थिक वर्षमा यो संख्या बढेर ६ हजार ९९३ पुगेको छ । जसमा झुन्डिएर आत्महत्या गर्नेको संख्या करिब ६ हजार छ ।

त्यसैगरी चालू आर्थिक वर्षको अहिलेसम्म ६१७ जनाले आफ्नो हत्या गरेका छन् । यो नेपाल प्रहरीको तथ्याङ्क हो ।

आत्महत्याका घटनालाई एकै पटक शून्यमा झार्न नसकिए पनि यसलाई कम गर्न सकिन्छ । यसका लागि राज्य, समाज र परिवारको भूमिका आफ्नो ठाउँमा महत्त्वपूर्ण हुन्छ ।

मान्छेमा आत्महत्या गर्ने सोच किन आउँछ ? यसलाई रोक्न कसरी सकिन्छ ? नेपालमा मानसिक स्वास्थ्य समस्याको उपचार र राज्यको दायित्व के हो ? कुन उमेर समूहलाई मानसिक समस्या बढी हुन्छ ? के ५ वर्षमुनिका बालबालिकामा पनि मानसिक समस्या देखिन्छ ? यस्तै प्रश्नको जवाफ खोज्दै छौँ, वरिष्ठ मनोविद् किशोरकुमार थापाबाट ।

प्रस्तुत छ नेपाल प्रेसको स्टुडियोमा थापासँग गरिएको कुराकानी-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर