क्रिकेट संघ सिन्धुपाल्चोकले एकनाथलाई प्रशिक्षणका लागि पठायो भारत – Nepal Press

क्रिकेट संघ सिन्धुपाल्चोकले एकनाथलाई प्रशिक्षणका लागि पठायो भारत

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान ‘एक पालिका दुई खेलाडी प्रशिक्षण’ अन्तर्गत इन्द्रावती गाउँपालिकाका एक खेलाडी प्रशिक्षणका लागि भारत प्रस्थान गरेका छन् ।

गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भएपनि एक खेलाडीको व्यक्तिगत कारणले दशैँ लगत्तै विदाई गर्ने गरी इन्द्रावतीका एकनाथ नेपाललाई आज विदाई गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धितालले बताए ।

विदाई कार्यक्रममा आफ्नो सन्देश पठाउँदै पालिका अध्यक्ष झम्क नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै यो सहकार्यको सुरुवात मात्र भएको बताए ।

यस्तै, पालिकाका प्रवक्ता शशिनाथ आचार्यले पालिकामा लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्ला क्रिकेटको उचाईलाई माथि उठाउने विश्वास व्यक्त गरे ।

आफ्नै पालिकाको खेलाडी एकनाथ नेपाललाई विदाई गर्दै जिल्ला क्रिकेट संघका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघको ‘एक पालिका दुई खेलाडी प्रशिक्षण’ कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

यसअघि पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि दुई खेलाडीलाई भारत प्रशिक्षणका लागि पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *