सरकारसँग सहमतिपछि एमालेको प्रष्टीकरण- संसद अवरोध गर्ने हाम्रो चाहना होइन – Nepal Press

सरकारसँग सहमतिपछि एमालेको प्रष्टीकरण- संसद अवरोध गर्ने हाम्रो चाहना होइन

काठमाडौं । नेकपा एमालेले संसद् अवरोध गर्ने आफ्नो चाहना नभएको प्रष्टीकरण दिएको छ । उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपछि सिंहदबारमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार लचिलो भएर आएकाले आज सहमति भएको बताए ।

उनले भने, ‘हामीले सुरुदेखि नै भनिरहेका थियौं सीआईबीले अहिले पनि उच्च पदस्थ व्यक्तिहरुसम्म पुगेर छानबिन गर्नसक्ने अवस्था छैन । यसमा सबैखालका व्यक्तिहरुलाई छानबिनमा ल्याउनुपर्नेछ । सीआईबीले गरेको काममा केही कमी भयो भने थप अनुसन्धान र अध्ययन पनि हुन्छ ।’

यो आयोगले तथ्य प्रमाणले भेटे प्रधानमन्त्री, मन्त्रीदेखि उच्च पदस्थका व्यक्तिहरुमाथि पनि छानबिन गर्ने बताए ।

नेता गिरीले भने, ‘हाम्रो चाहनाले संसद अवरोध भएको होइन सरकारको कारणले हो । हामीले जुन मागका साथ लडिरहेका थियौं त्यो पुरा भएको छ । भविष्यमा कुनै समस्या नआओस् यस्तो समस्या आयो भने प्रतिपक्षले उठाएको जायज मागहरु पुरा गरोस् ।’

एमालेले आयोगको माग राख्दै साउन १० गतेबाट संसद अवरोध गर्दै आइरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर