चुनावबाट चितवन क्रिकेट संघको नेतृत्व चयन, पियाको नेतृत्वमा यस्तो बन्यो समिति – Nepal Press

चुनावबाट चितवन क्रिकेट संघको नेतृत्व चयन, पियाको नेतृत्वमा यस्तो बन्यो समिति

काठमाडौं । चितवन जिल्ला क्रिकेट संघको अध्यक्षमा सुदीप पिया निर्वाचित भएका छन् । मंगलबार साँझ भएको निर्वाचनमा सुदीपले २५ मत ल्याए भने प्रतिस्पर्धी मनिष सापकोटा २२ मतमा रोकिए ।

उपाध्यक्षमा उमेश पिया, सचिवमा सुरज ज्ञवाली र कोषाध्यक्षमा अर्जुन केसी निर्वाचित भएका छन् । उपाध्यक्षमा पियाले २४ मत ल्याउँदा र प्रतिद्वन्द्वी इशानसिंह बानियाँले २३ मत प्राप्त गरे भने सचिव जितेका ज्ञवालीले २४ र उनका प्रतिस्पर्धी अनिल अधिकारीले २३ मत ल्याए ।

कोषाध्यक्षमा निर्वाचित हुनेक्रममा केसीले २४ र अर्का उम्मेदवार वचन कार्कीले २३ मत प्राप्त गरे । महिला सदस्यमा आर्य अर्याल निर्वाचित भइन् । २४ मत ल्याएकी अर्यालले प्रभा नेपाललाई एक मत अन्तरले पराजित गरेकी हुन् ।

कार्य समिति सदस्यहरूमा प्रशान्तकुमार पिया, प्रितम पिया, भरतकाजी कुँवर, जीवनकुमार गुप्ता, विजय बोहरा, उत्सव श्रेष्ठ, मेघनाथ उपाध्याय, ध्रुव शर्मा, अरुण घले र राजु खड्का निर्वाचित भएका छन्।
सदस्यमा निर्वाचितहरू प्रितमले २७, प्रशान्तले २५, विजयले २५, उत्सवले २५, केशवले २५, भरतले २५, ध्रुवले २५, जिवनले २४, राजुले २४ र मेघनाथले २४ मत ल्याए । सदस्यमा निर्वाचित राजु राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । यस्तै ध्रुव चितवनका पुराना खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर