स्वीजरल्याण्ड पुगेका माधव नेपालले भने- नबिराउनु, नडराउनु (भिडिओ) – Nepal Press

स्वीजरल्याण्ड पुगेका माधव नेपालले भने- नबिराउनु, नडराउनु (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् ।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको उनको भनाइ छ ।

स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले भने, ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।’

उनले आफूले कुनै अनुचित काम नगरेको भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

‘राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा, भ्रष्टाचारको पक्षमा त्यसमा मुछिने कुनै काम गरेको छैन । त्यो भएकाले अदालतको निर्णयको बारेमा मैले केही भन्नु छैन’ अध्यक्ष नेपालको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “स्वीजरल्याण्ड पुगेका माधव नेपालले भने- नबिराउनु, नडराउनु (भिडिओ)

  1. चुप! अदालतले आदेश जारी हुनेवित्तिकै भाग्न किन परेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर