माधव नेपाललाई शंकर पोखरेलले सुझाव- नेकपा एसलाई एमालेमा समाहित गर्नुहोस् – Nepal Press

माधव नेपाललाई शंकर पोखरेलले सुझाव- नेकपा एसलाई एमालेमा समाहित गर्नुहोस्

सिन्धुपाल्चोक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्न अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले फुटाएर नयाँ दल बनाउनुको औचित्य एजेन्डा र जनमतले समेत पुष्टि नगरेको भन्दै २०५४ सालमा बामदेव गौतमले झैँ निर्णय लिन माधव नेपाललाई सुझाव दिएका हुन् ।

एमाले फुटाएर माले बनाएपछि २०५४ सालको चुनावमा पत्ता साप भएपछि गौतमले आफू नेतृत्वको पार्टी एमालेमै समाहित गराएको स्मरण गर्दै महासचिव पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सो सुझाव दिएका हुन् ।

एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित नगरेसम्म देशको विकास र समृद्धि नहुने दाबी गरेका महासचिव पोखरेलले फरक प्रसङ्गमा सरकार नै सुन तस्करीमा लागेको आरोप लगाए ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यसहित १५० भन्दा बढी जिल्ला स्तरीय कार्यकर्तालाई महासचिव पोखरेलसहितका नेताले एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रम मा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, सल्लाहकार समितिका अध्यक्ष अमृतकुमार बोहरा, स्थायी कमिटी सदस्यहरु अरुण नेपाल, गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरू दावा तामाङ, सरेश नेपाल लगायतका नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर