सन्न्यास लिएकै दिन ज्ञानेन्द्र किन जाँदैछन् यूके ? – Nepal Press

सन्न्यास लिएकै दिन ज्ञानेन्द्र किन जाँदैछन् यूके ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज बेलायत जाने भएका छन् । पहिल्यै तय भएको कार्यक्रमका लागि उनी आज रातिकाे उडानबाट लण्डन जान लागेका हुन् ।

ज्ञानेन्द्रलाई दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा निम्त्याइएकाे छ। बिहीबार लन्डनको साउथलस्थित लन्डन टाइगर स्पोट्र्स भेन्यूमा एक पत्रकार सम्मेलन गर्दै आयोजकले अगष्ट ६ तारिख आइतबार हुने प्रतियोगितामा ज्ञानेन्द्र विशेष अतिथिका रुपमा सहभागी हुने जानकारी गराएको थियो ।

लिगको मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्स रहेको छ । यस प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । विजेता टिमलाई २५५० पाउण्ड र दोस्रो हुनेलाई १००० पाउन्ड नगद तथा ट्रफी दिने बताइएको छ ।

यस्तै, ६ प्लेअर अफ द म्याच प्रत्येकलाई ७५ पाउण्ड, क्याच अफ द टुर्नामेन्ट १०० पाउण्ड, बेस्ट बलर अफ द टुर्नामेन्ट १०० पाउण्ड, ब्याटर अफ द टुर्नामेन्ट १००, प्लेअर अफ द फाइनल १२५, प्लेअर अफ द सिरिज १७५ पाउण्ड पुरस्कार राखिएको छ।

ज्ञानेन्द्ररकाे बेलायत बसाइ एक साताको मात्र हुने बुझिएको छ । लन्डन जान पासपोर्ट बेलायती दूतावासमा बुझाएकाले उनी श्रीलंका जान पाएका थिएनन् ।

आज पत्रकार सम्मेलन गरेर मल्लले सन्न्यास घोषणा गरेका हुन् । उनले आफ्नो नयाँ यात्रा सुरु भएको बताएका छन् । तर, भावी योजनाबारे सुनाएका छैनन् । नेपाल क्रिकेट संघले ज्ञानेन्द्र लन्डनबाट फर्केपछि औपचारिक बिदाइ गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *