पहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबलको दोस्रो चरणमा: जर्मनी, ब्राजिल र अर्जेन्टिना समूहगत चरणबाटै बाहिरिए – Nepal Press

पहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबलको दोस्रो चरणमा: जर्मनी, ब्राजिल र अर्जेन्टिना समूहगत चरणबाटै बाहिरिए

काठमाडौं । दुई पटकको पूर्वविजेता जर्मनी जारी महिला विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग १-१ गोलको बराबरीमा रोकिएपछि जर्मनी अगाडि बढ्न असफल भयो ।

मोरक्को भने पहिलो सहभागितामै दोस्रो चरण पुगेको छ । समूहका अन्तिम दुई खेल जितेर मोरक्को अगाडि बढेको हो । समूह ‘एच’मा कोलम्बिया र मोरक्कोले ३ खेलबाट समान ६ अंक जोडे । जर्मनीले ४ र दक्षिण कोरियाले एक अंक जोडे ।

मोरक्कोले समूहको तेस्रो खेलमा बिहीबार कोलम्बियालाई १-० गोलले हरायो । पहिलो खेलमा जर्मनीसँग ६-० गोलले पराजित मोरक्कोले दोस्रो खेलमा दक्षिण कोरियालाई हराएर ऐतिहासिक जीत हात पारेको थियो ।

जर्मनीसँगै जारी विश्वकपमा अर्जेन्टिना, ब्राजिल, इटालीलगायतका टोलीहरु समूहगत चरण नै पार गर्न असफल भएका छन् । स्वीट्जरल्यान्ड, नर्वे, अस्ट्रेलिया, नाइजेरिया, जापान, स्पेन, इंगल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्स, अमेरिका, फ्रान्स र जमैका पनि दोस्रो चरण पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *