युक्रेनी आक्रमणमा परेर डोनबास क्षेत्रमा तीन जनाको मृत्यु, दश घाइते – Nepal Press

युक्रेनी आक्रमणमा परेर डोनबास क्षेत्रमा तीन जनाको मृत्यु, दश घाइते

काठमाडौं । रुसको कब्जामा रहेको डोनबास क्षेत्रमा युक्रेनी आक्रमणमा परेर तीन जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आइतबार भएको युक्रेनी हमला ७३ मिसाइलबाट भएको थियो । डोनबास क्षेत्रको डोनेस्क शहरका मेयर एलेक्सी कुलेन्जिनका अनुसार सन् २०२२ फेब्रुअरीबाट युक्रेनी हमलामा परेर डोनबास क्षेत्रका ४ हजार ४५३ नागरिको मृत्यु भएको छ ।

सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको रुसयुक्रेन युद्धको प्रमुख कारण डोनबास क्षेत्र रहेको छ । डोनबास क्षेत्रले आफू युक्रेनबाट टुक्रिएर स्वतन्त्र देश भएको घोषणा गरेको थियो र रुसले तत्काल मान्यता दिएको थियो ।

अहिले डोनबास क्षेत्र औपचारिक निर्णय गरेर रुसमा गाभिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर