गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा – Nepal Press

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा

काठमाडौं । अष्ट्रेलियाको एनआरएन (गैर आवासीय नेपाली संघ) को अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुलाई २९ (साउन १३) मा हुने निर्वाचनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि पोख्रेल एनआरएन अष्ट्रेलियाको कोषाध्यक्ष थिए । एक दशकअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका पोख्रेल सामाजिक कार्यमा सुरुदेखि सक्रिय थिए । पहिलोपटक उनको एनआरएन यात्रा अष्ट्रेलिया राज्य समन्वय परिषद सदस्यबाट भएको थियो ।

चितवन खैरेनी ४ का पोखरेल करिब एक दशकको गैर आवासीय नेपाली संघको यात्रामा रहँदा दिगो विकास र संस्थामा एकजुट भएर लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर