एलओडीमा मदिराले मातेकी किशोरीलाई काेठा लगेर बलात्कार गर्ने पुरुष कारागार चलान – Nepal Press

एलओडीमा मदिराले मातेकी किशोरीलाई काेठा लगेर बलात्कार गर्ने पुरुष कारागार चलान

काठमाडौं । ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई लिएर सानेपा पुर्याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ ।

कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १५ वर्षीया किशोरीलाई जेठ ३१ गते सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो ।

कोइराला र ती किशोरीबीच राति एलओडी क्लबमा भेट भएको थियो । त्यसअघि उनीहरुबीच भेटघाट भएको थिएन । प्रहरी अनुसन्धानमा कोइरालाले पडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र ७ हजार रुपैयाँमा रात बस्ने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्याएको बताएका थिए ।

यद्यपी कोइरालाले शारिरिक सम्पर्क गरेको भने अस्वकिार गरेका थिए । पीडित किशोरी बुढानिलकण्ठस्थित दिदीको घरमा उदयपुरबाट भेटघाटका लागि आएकी थिइन् ।

सामाजिक सन्जालमार्फत चिनजान भएकी साथीमार्फत त्यस दिन उनी एलओडीमा रमाइलो गर्न पुगेको उनले प्रहरीमा बताएकी थिइन् ।

क्लबमा पीडित किशोरीलाई छाडेर ती साथी हराएकी थिइन् । पीडित किशोरीका अनुसार ती साथीसँग भेटाई दिने भन्दै कोइरालाले गाडीमा हालेर उनलाई लगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर