अध्यागमनले फर्काएका ११७ मध्ये ९ जना पुरानै कागजातमा कुवेत उडे – Nepal Press

अध्यागमनले फर्काएका ११७ मध्ये ९ जना पुरानै कागजातमा कुवेत उडे

काठमाडौं । अध्यागमनले बुधबार बेलुका कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ९ जना पुरानै कागजातको आधारमा कुवेत गएका छन् ।

वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनालाई कागजातमा शंका लागेको भन्दै अध्यागमन विभागले फर्काएको थियो । तीमध्ये ८ जना महिला र १ जना पुरुष आज बिहान गएका हुन् ।

न्तव्य मुलुकको सम्बन्धित कम्पनीले नै ती कामदारका लागि प्लेन टिकट काटिदिएको थियो । करिब ६० हजार पर्ने टिकटसमेत नोक्सान भएको साथै अब कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उनका अनुसार आज बिहान गत बुधबार अध्यागमनले रोकेका ९ जना कुवेत गएको बताए ।

उनले भने, ‘भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि कर्मचारीले रोकेका थिए । अध्यागमनले रोकेको विषयमा हामीले गृह र श्रम मन्त्रीसँग छलफल गरिरहेका छौं ।’

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई उड्न एयरपोर्ट पुगेका श्रमिकलाई अध्यागमनका कर्मचारीले अनावश्यक दु:ख दिने, कानूनविपरीतको गलत सूचना दिने गरेको भन्दै उनीहरूलाई कारबाही गरी फर्काइएका कामदारलाई सहजरूपमा पठाउन सहयोगका लागि वैदेशिक रोजगार व्यवसायीले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर