झापा गाउँपालिकाका अध्यक्ष शाहविरुद्ध भ्रष्टाचार अभियाेग, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पनि मुद्दा दायर – Nepal Press

झापा गाउँपालिकाका अध्यक्ष शाहविरुद्ध भ्रष्टाचार अभियाेग, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पनि मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, सबइन्जिनियर विज्ञान चम्लागाईं, वडा नम्बर ६ का अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का अध्यक्ष मोतीलाल गणेशलाई पनि प्रतिवादी बनाइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवी सुब्बाविरुद्ध पनि अभियोग दायर भएको छ ।

झापा गाउँपालिकाअन्तर्गत लक्ष्मीमार्ग सडक खण्डको हनुमानचोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउन विनियोजन भएको बजेट हिनामिना गरिएको आरोप उनीहरुमाथि लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर