स्मार्ट प्यारेन्टिङ्ग नेपालको ‘बालबालिकाहरुलाई कसरी बुझ्ने’ विषयक कार्यक्रम सम्पन्न – Nepal Press

स्मार्ट प्यारेन्टिङ्ग नेपालको ‘बालबालिकाहरुलाई कसरी बुझ्ने’ विषयक कार्यक्रम सम्पन्न

काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘बालबालिकाहरुलाई कसरी बुझ्ने’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भएको कार्यक्रमलाई प्रारम्भिक बालविकास विशेषज्ञ मीनाक्षी दाहालले आफ्ना अनुभव र विचारहरुमार्फत सहजीकरण गरेकी थिइन् ।

दाहालले सर्वांगीण बालबालिका भनेको के हो ? सर्वांगीण विकास भनेको के हो ? र उनीहरुको सर्वांगीण विकास किन महत्वपूर्ण छ भन्ने विषयलाई स्पष्ट पारेकी थिइन् ।

बालबालिकाको प्रारम्भिक विकासको चरणमा किन अभिभावकको भूमिका महत्वपुर्ण हुन्छ र अभिभावकहरुले आफ्ना बालबालिकाहरु माथि थोपिरिदिने आकांक्षाहरुले के कस्तो प्रभाव भन्ने विषयमा पनि सहभागीहरुलाई जानकारी गराएकी थिइन् ।

साथै बालबालिकाहरु चार स्वभावका हुने र अभिभावकहरुले उनीहरुको स्वभाव अनुसार व्यवहार तथा आकांक्षा राख्नुपर्ने कुरालाई जोड दिँदै उनले सहभागी अभिभावकहरुको विभिन्न समस्याहरु, जिज्ञासाहरुलाई पनि सम्बोधन गरेकी थिइन् ।

बालबालिकाहरुको समष्टिगत विकासको निम्ती अभिभावकहरुमा अभिभावकीय ज्ञान अनि सीपको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्ने हेतुले स्मार्ट प्यारेन्टिङ्ग नेपालले हरेक महिनाको दोस्रो शनिबार अभिभावकीय ज्ञानवृद्धिका विभिन्न कार्यक्रमहरु निःशुल्करुपमा गर्दै आइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर