अनेमा संघ सुदूरपश्चिम अध्यक्षमा चौधरी – Nepal Press

अनेमा संघ सुदूरपश्चिम अध्यक्षमा चौधरी

कैलाली । अखिल नेपाल महिला संघ (अनेमा संघ)सुदूरपश्चिम प्रदेशको अध्यक्षमा झुमा चौधरी चयन भएकी छन् । कैलालीको धनगढीमा सम्पन्न प्रथम सम्मेलनले चौधरीको अध्यक्षतामा ६६ सदस्यीय कमिटी चयन गरेको हो ।

अध्यक्ष चौधरी कैलालीकी हुन् । उपाध्यक्षमा बैतडीकी बिना भट्ट र डोटीकी मिना देवी ओली, सचिवमा कञ्चनपुरकी खिमा चन्द,सहसचिवमा बझाङकी बुनी थापा मगर र कोषाध्यक्षमा कैलालीकी लक्ष्मीकुमारी शाही चयन भएकी छन् ।

प्रथम सम्मेलनले निर्विरोध रुपमा प्रदेश कमिटी चयन गरेको हो। अनेमा संघ सुदूरपश्चिम प्रदेश इन्चार्ज आसा कुमारी विकको अध्यक्षतामा ७ गते प्रथम सम्मेलन धनगढीमा सुरु भएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष टुका हमाल प्रमुख अतिथि रहेकी छन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा,प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सदस्य झपट रावल, अनेमासंघ केन्द्रीय सदस्य तथा पार्टीका बिभिन्न अयोग प्रदेशका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर