संघर्ष समिति नै बनाएर आन्दोलन गर्न काठमाडौं आए मिटरव्याजी ! (तस्बिरहरू) – Nepal Press

संघर्ष समिति नै बनाएर आन्दोलन गर्न काठमाडौं आए मिटरव्याजी ! (तस्बिरहरू)

काठमाडौं । मिटरव्याजीहरू तराईका विभिन्न जिल्लाबाट आएर माइतीघरमा धर्नामा बसेका छन् । पीडित लेनदेन संघर्ष समिति बनाएर उनीहरू काठमाडौं आएका हुन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभूंग पार्न खोजिएको भन्दै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश खारेजीको माग गरे । त्यसमा केही सीमित व्यक्तिले आफ्नो दुनो सोझो गर्न खोजेको उनीहरूको आरोपसमेत छ ।

आफूहरूलाई डर देखाउँदै मिटरव्याजी भनी निवेदन दिने, धाकधम्की दिने काम भएको भन्दै आतंक नरोकिए चरणबद्ध आन्दोलनमा जानेसमेत सुदखोरहरूको चेतावनी छ ।

उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा मात्र उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *