पर्यटनमन्त्रीले पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको एमालेको आरोप – Nepal Press

पर्यटनमन्त्रीले पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको एमालेको आरोप

सहरी विकासले लुम्बिनीलाई प्रदेश ५ राखेकोप्रति पनि आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा लफडा भएको छ । पर्यटन मन्त्रालय र सहरी विकास मन्त्रालयले प्रदेशको नामको ठाउँमा अंक राखेको भन्दै एमाले सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटलाई स्थगित गरिएको छ ।

एमाले सांसद सूर्य थापाले भने, ‘पर्यटनमन्त्रीलाई पुस्तकमा प्रदेशको नाम खुल्नेगरी सच्याएर ल्याउन निर्देशन भएको थियो उहाँले प्रतिबद्धता पनि जनाउनुभएको थियो । तर, उहाँले पुन: वितरण गरिएको पुस्तकमा प्रदेशको नाम हटाइएको छ । पहिला प्रदेशको नाम १ देखि ७ सम्म अंकमा लेख्नुभएको थियो । अहिले प्रदेशको नाम हटाइएको छ । यो मन्त्रीको नियतसँग सम्बन्धित विषय बन्यो ।’

कोशी प्रदेशले संविधान दुईतिहाइले नामाकरण गरेको विषयलाई मन्त्रीको असहमतिको कारणले हटाएको हो ? भन्दै प्रश्न गरे । यो पुस्तक फेरि हटाएर सच्याएर ल्याउन माग गरे । उनले तथाकदित पहिचानवादको ह्याङ्ओभर भएको आरोप लगाए । उनले सहरी विकास मन्त्रालयले पनि लुम्बिनी प्रदेशको नाम नजानेको बताए । लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखेको भएकाले हटाउन कार्यसूचीबाट हटाउन माग गरे ।

सभामुख देवराज घिमिलेले पर्यटन मन्त्रालयको विषयमा आफूहरूले छलफल गर्ने बताए । सहरी विकास मन्त्री सीता गुरुङले गल्ती भएको ठाउँमा सच्याएर ल्याउने बताइन् । आजको कार्यसूचीअनुसार छलफल गर्न दिन आग्रह गरिन् । सभामुखले कार्यसूची अनुसार अघि बढ्न आग्रह गर्दा एमालेले मानेन । एमालेका सांसदहरूले अडान नछाडेपछि कांग्रेसका प्रमुख सचेतकले सभामुखले रुलिङ गरेपछि मान्नुपर्ने बताए ।
सभामुखले कानून र संविधानअनुसार भनेपछि सभामुखको आग्रहलाई स्वीकार्न आग्रह गरे । एमाले सांसदहरूले अडान छाडेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर